सिधाखबर \ मंसिर ४ गते हुने निर्वाचनका लागि आइतबार मनोनयन दर्ता भयो । मकवानपुरमा पनि विभिन्न दलका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।
देशभर गठबन्धन भर्सेज गठबन्धनका उम्मेदवारहरु प्रतिस्पर्धामा रहेका छन् । मकवानपुरमा भने सत्तारुढ गठबन्धनका उम्मेदवारहरु मनोनयन दर्ता पश्चात आफुहरुको जीत सुनिश्चित रहेको बताएका छन् ।
गठबन्धनका बीच राप्रपाका नेता दीपक बहादुर सिंह एक्लै प्रतिस्पर्धामा उत्रिएका छन् । उनी भन्छन्ः गठबन्धनका बीच पनि म एक्लै उम्मेदवारी दिएर चुनावी मैदानमा भिड्दै छु जीत मेरै हुन्छ ।
उनले दर्ता पश्चात प्रतिक्रिया दिदैं भने मेयरमा छोटो समयमा नै मैद्यानमा उत्रेकाले मैले हार व्यर्होनु पर्यो तर अहिले त्यस्तो हुन्न, जीत मेरै हुन्छ भनी बताएका छन् । जनताको सेवामा लागेका मान्छे हार र जीत दुबै सहनुपर्छ, हार व्यर्होनु परे पनि हासीँ हासीँ व्यर्होछु जीत भने जनताको सेवामा तल्लीन हुन्छु ।
उनले मकवानपुरको क्षेत्र १को विकासको ग्यारेण्टी राप्रपाले लिन्छ मतदान गर्न सबैलाई आग्रह गरेका छन् ।
मनोनयन दर्ता पछि नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले उत्साहको साथमा मनोनयन दर्ता गरिएको बताउँदै उनले भनिनः गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुस निर्वाचनपछि गठबन्धनको सरकार बन्नेछ ।
उनले आफ्नो नाम समानुपातिकको एक नम्बरमा नाम राख्ने कुरा थियो । त्यसलाई त्यागेर प्रत्यक्ष निर्वाचनमा गएर जनताको काम गर्न आफ्नो उम्मेदवारी रहेको बताइन् । उनले जनताले हामीलाई मतदान गर्न आतुर रहेको बताउँदै नेतृ उपाध्यायले आफु यस निर्वाचनमा विजयी हुनेमा विश्वस्त रहेको बताएकी छिन् ।
त्यस्तै, मकवानपुरको क्षेत्र २ मा आफ्नो उम्मेदवारी दर्ता गराएका नेकपा एकीकृत समाजवादी)का नेता विरोध खतिवडाले नाम दर्ता पश्चात उनले नियमित संविधानले दिएको प्रक्रिया हो । कयौं ढङ्गले यो निर्वाचन सार्न प्रपञ्च गरेका थिए गठबन्धनको विरुद्धमा लागेका शक्तिहरुले तर उनीहरु विफल भएका छन् ।
संविधान निर्माण पछिको नेतृत्वले संविधानको भावना अनुसार काम गर्न नसकेको र संविधानलाई संस्थागत गर्न र रक्षा गर्ने शक्ती एकै ठाउँमा उभिएर हाम्रो गठबन्धन सरकार चुनावी मैदानमा गएको बताए । चुनावको नतिजा सकरात्मक आउँछ र संविधानको रक्षा हुनेछ भन्ने विश्वास लिएको नेता खतिवडाले बताए । उनले मतको हिसाबले यस पटक धेरै सजिलो देखिएको भन्दै आफु गठबन्धनको उम्मेदवार रहेकाले जीत पक्का रहेको बताएका छन् ।
यसैगरी मकवानपुरको क्षेत्र २ को प्रदेश सभा (ख) मा आफ्नो उम्मेदवारी दर्ता गरेका नेपाली कांग्रेस बागती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रतिक्रिया दिदैं यस पटकको निर्वाचन मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र यो व्यवस्थाको स्थायीत्वको लागि हाम्रो मनोनयन दर्ता हो ।
यसले दीगो विकास र समुन्ती, जनताको शान्तिका लागि हाम्रो मनोनयन रहेको भन्दै नेता बानियाँले चुनावी तालमेल सहितको गठबन्धन हो, गठबन्धनका उम्मेदवारहरु सत्य र ठिक न्यायको पक्षका साथ जनताको पक्षमा गरिब, निमुखा, सर्वहाराको पक्षमा काम गर्न दृढ संकल्पका साथ काम गर्ने बताएका छन् । उनले संविधानको रक्षा गर्न गठबन्धन गरि निर्वाचनमा होमिएको बताए ।
त्यस्तै, मकवानपुरको क्षेत्र १ प्रदेश सभा (ख) मा उम्मेदवारी दर्ता गरेका नेपाली कांग्रेसका युवा नेता आनन्दराम पराजुलीले पहिलो अनुभवमा साथ आफ्नो मनोनयन दर्ता गरेका छन् । उनी भन्छन्ः सहज रुपमा नै टिकट पाइयो र मनोनयन दर्ता गरिएको बताए । उनले यस निर्वाचन गठबन्धनको पक्षमा रहेको बताउँदै जनताको काम गर्न हामीले नै जित्नुपर्नेछ । सोही अनुरुप निर्वाचनमा हामी जान लागिएको बताए ।
गठबन्धनको तर्फबाट क्षेत्र २ को (क) मा उम्मेदवार बनेकी माओवादी केन्द्रका नेतृ कुमारी मोक्तानले जनताको भावना अनुरुप काम गर्ने भनेकै गठबन्धन सरकारले हो । प्रदेशमा गठबन्धनको सरकार बन्न सके जनताको हरेक विकासमा हामीहरु लागि पर्ने बताइन् ।
त्यस्तै क्षेत्र १ का (क) का उम्मेदवार माओवादी केन्द्रका नेता प्रेमबहादुर पुलामीले पनि तलदेखी माथी सम्म गठबन्धनको सरकार बन्न सके देशमा विकास हुनुका साथै जनतामा खुसी छाउने बताए । उनले संविधान रक्षा र विकास निर्माणका लागि अहिलेको आवश्यकता भनेको गठबन्धन सरकारनै रहेको बताएका छन् ।