सिधाखबर \ नेपाली चलचित्र महापुरुषले मोफसल भ्रमण गर्ने भएको छ । कार्तिक ११ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र महापुरुषका कलाकार टोली मोफसल भ्रमणमा निस्केका छन् ।
चलचित्र प्रचारप्रसारका लागि गायक निशान भट्टराई र हाँस्यकलाकार सुमन कार्की सहितको टोली मंगलबार नेपालको पुर्व विर्तामोडबाट भ्रमण सुरु गर्ने भएका हुन् ।
बागमती प्रदेशको राजधानी हेटौंडामा भने २७ गते विहीबार हुप्रचौरमा कार्यक्रम हुने निर्माण पक्षले जनाएको छ । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल लगायतको टोली भ्रमणमा रहेका छन् । निर्देशक प्रदीप भट्टराईले लेखन/निर्देशन गरेको चलचित्रको कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ रहेका छन् भने निर्माता म्याक्स दिपेश खत्री रहेका छन् ।
चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, रविन्द्र सिंह बानियाँ, सिरु विष्ट, अरुण क्षेत्री, अन्जना वराइली लगायतकाको अभिनय रहेको छ ।
चलचित्र टोली २६ गते इटहरी र विराटनगरमा, २८ गते नारायणगढमा, २९ गते बुटवलमा र ३० गते पोखरामा कार्यक्रम आयोजना गरिने जनाइएको छ ।