हेटौंडा \ हेटौंडा उपमहानगरपालिका क्षेत्रमा लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु नियन्त्रणगर्न सुरु गरेको किटनासक औषधि सहितको स्प्रे नगरका सबै वडाहरुमा पुगेको छ । डेंगुको जोखिम उच्च हुँदै गएपछि उपमहानगरले स्प्रे अभियानलाई थपगर्दै लगेको जनस्वास्थ्यशाखाले जनाएको छ ।
असारको अन्तिम साताबाट डेंगुको बिरामि देखिन थालेपछि उपमहानगरले स्वास्थ्य कार्यालय मकवानपुरको समन्वयमा नगरभरि डेंगु रोग फैलाउने लामखुट्टेको लर्भा नष्ट गर्नेकार्यक्रम सँगै स्प्रे अभियानलाई पनि अघि बढाएको हो ।
उपमहानगरले फैलदै गरेको डेंगु नियन्त्रणका लागि नियमित रुपमा स्प्रे अभियान सहित बिरामिलाई उपचारमा सहयोग पु¥याउनका लागि हेटौंड अस्पतालाई २ हजार भन्दा बढि परिमाणमा किट सहयोग गरेको नगर प्रमुख मिनाकुमारी लामाले बताइन् ।
किट अभावकै कारण नगरवासी सहितअन्य बिरामीहरुले उपचारमा समस्या व्यहोरेपछि नगरपालिकाले खरिद गरेर किट हस्तान्तरण गरिएको उनले बताइन् । नियमित स्प्रे गर्दा पनि डेंगु नियन्त्रणमा नआउनुले थप समस्या भएको उनले बताइन् । अहिले घर बाहिर भन्दा पनि नगरवासीले घर भित्रको सुरक्षालाई ध्यानदिन आवश्यक रहेको बताइन् ।
उपमहानगरपालिकाले १ देखि १९ नम्बर वडा र स्थानीयको मागअनुसार स्प्रे अभियान चलाईएको बताइएको छ । बढि मात्रामा बजार क्षेत्रमा डेंगुका बिरामीहरु घेरै देखिएकाले अभियानलाई बजार केन्द्रीत गरीएको उपमहानगरपालिका कार्यालयले जनाएको छ । उपमहानगरले हेटौंडा बजार क्षेत्रको २,४, ५, १, १० नम्बर वडालाई प्राभमितामामा राखेर स्प्रे अभियान चलाईरहेको छ । जोखिमपुर्ण वडाको रुपमा रहेको ४ नम्बर वडालाई विशेष प्राथमिकतामा राखेको अभियानलाई सञ्चालन गरीरहेको उपमहानगरपालिका कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकृत लक्ष्मण घिमिरेका अनुसार गतआर्थिक वर्ष २०७८/०७९ मा १९५ जना डेंगुको संक्रमणमा रहे पनि चालु आर्थिक वर्ष २०७९/०८०मा अहिले सम्म ३ हजार ७६२ जना डेंगुको बिरामी भैसकेका छन् । अहिलेको संक्रमण दर अनुसार डेंगु डरलाग्दो अवस्थामा पुगेको उनले बताए ।
हेटौंडामा डेंगुका बिरामी उपचार पछि निको भएपनि दोहोरीने बिरामीहरुपनि फेला परेको तथ्याङ छ । संक्रमणदर बढ्दै गएपछि उपमहानगरले हेटौंडाका सबै वडाहरुमा अध्यक्षको नेतृत्व र स्वास्थ्यकर्मी सहित सरोकार वालाहरुको अगुवाईमा डेंगु नियन्त्रण अभियान सञ्चालन गरीरहेको छ ।
अभियान अनुसार वडातहमा गएर सरोकारवालाहरुको सहभागितामा लार्भा नष्ट गर्नकालागि सचेतना कार्यक्रम गर्दै वडाहरुको जोखिम पुर्ण ठाउँको अनुगमन गरी सफागर्ने कार्यक्र सञ्चालन भैरहेको जन स्वास्थ्यशाखाले जनाएको छ ।