हेटौंडा \ रामेछाप काभ्रे मैत्री समाजको शुक्रबार १४ औं साधारण सभा सम्पन्न भएको छ । हेटौंडा ५ स्थित रुद्रेश्वरमन्दिरमा सभा भएको हो ।
सभाले १७ जनाको नयाँ कार्य समिति चयन गरेको छ । सभाले मान बहादुर लामाको नेतृत्वमा १७ जनाको कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा यज्ञ प्रसाद कडेंल, रामबहादुर नेपाली, लक्ष्मी गौतम चयन भएका छन् । समाजको सचिवमा शुक्र लामा, सहसचिवमा देवीराम लामा कोषध्यक्षमा देवी गौतम चयन भएका छन् ।
समाजको गरी सदस्यहरुमा सुकदेव काफ्ले, राधा भट्टराई, कमला लामा, रमेश प्रसाद कोईराला, अनिल पुरी,विष्णु बहादुर स्याङ्तान, होमनाथ गौतम, टिकाराम श्रेष्ठ, सुरेश पौडेल चयन भएका छन् ।
रमेश पौडेलको सभाध्यक्षता भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
समाजको सल्लाहकारहरुमा वरिष्ठ अधिवक्ता केशव काफ्ले, अधिवक्ता केशव गौतम, अधिवक्ता राधाकृष्ण मैनाली, डा. गणेश बल लामा, प्रकाश पौडेल, चेतप्रसाद पौडेल, साधुराम चौलागाई, हरिषचन्द्र सापकोटा, ज्ञानबहादुर लामा र वषन्त गौतम, अधिवक्ता ध्रुव प्रसाद चौलागाई