हेटौंडा \ हेटौंडा उपमहानगर वडा नम्बर १५ मा रहेको रातोमाटे टोल विकास संस्थाको अध्यक्षमा पुनः लक्ष्मी श्रेष्ठ चयन भएकी छिन् । संस्थाको तेस्रो अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
संस्थाको उपाध्यक्षमा राजु श्रेष्ठ, सचिवमा प्रमिला वाईवा, कोषाध्यक्षमा विनिता बज्यू चयन भएका छन् । संस्थाको सदस्यहरुमा कुमारी लामा, पम्फामाया गोले, हर्क सिं वाईवा, प्रेम बहादुर तितुङ, मनमाया वाईवा, सुमित्रा लो र सुवर्ण सिं वाईवा चयन भएका छन् ।
श्रेष्ठको अध्यक्षमा भएको सभामा वडा नम्बर १५ का वडा अध्यक्ष सनील मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । सभामा हेटौंडा उपमहानगरका समाजकल्याण शाखाका प्रमुख भैरव बहादुर अर्याल, नगर टोल विकास समन्वय समितिका महासचिव शीवहरि दाहाल, उपमहासचिव देवकुमार श्रेष्ठ, वडा समन्वय समितिका अध्यक्ष सिंह बहादुर विक लगायतको आतिथ्यता रहेको थियो ।
टोल विकास संस्थाले गरेका कार्यप्रगति प्रस्तुत गरिनुका साथै आगामी कार्यक्रमहरुबारे जानकारी गराइएको थियो । सभाकै अवसरमा संस्थाले जेष्ठ नागरिक ९ जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
त्यस्तै, वडा स्तरिय वडा अध्यक्ष कप फुटबल खेलकुद प्रतियोगितामा दोस्रो स्थान भएकोका खेलाडीहरुलाई सम्मान गरिएको थियो । निर्वाचित वडा अध्यक्ष सहित नगर टोल विकास समन्वय समितिका पदाधिकारीलाई बधाई सम्मान समेत गरिएको थियो ।
निवर्तमान वडा अध्यक्ष सहित सदस्यहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । त्यस्तै, टोल विकासका संस्थापक अध्यक्ष गोपालमान स्याङ्तान र टोल विकास संस्थालाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।