दलहरुबीच सहमति हुन नसक्दा प्रदेश-१ को नामकरणमा अन्योल बढ्दै गएको छ । दलहरु आआफ्नो अडानबाट पछि नहट्दा चालु अधिवेशनबाट पनि प्रदेशको नामकरण हुने सम्भावना कम देखिएको छ ।
दलहरुले सहमति जुटाउन ढिलाइ गर्दा विभिन्न जातजाति, संस्कृति, सभ्यता र भूगोलका नाममा नामकरण गर्नुपर्ने माग गर्दै प्रदर्शन बढ्न थालेका छन् ।
७ मध्ये ६ प्रदेशले आफ्नो नामकरण गरिसकेका छन् । प्रदेश-१ को मात्र नामकरण हुन बाँकी छ । यसअघि २०७५ साल वैशाख २३ गते प्रदेशको राजधानी विराटनगर टुङ्गो लागे पनि नामकरण भने हुन सकेको थिएन ।
प्रदेशको नाम टुङ्ग्याउन भन्दै गएको शुक्रवार प्रदेश-१ का सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक बोलाउनुभएको थियो । तर, दलहरु आआफ्नै अडानमा रहेपछि सहमति हुन सकेन ।
प्रदेश-१ मा कोशी, किराँत, कोशी–किराँत, सगरमाथा, किराँतरलिम्बुवान, शेर्पालुङरमधेस, विराट, विजयपुर, सप्तकोशी र लिम्बुवानरखम्बुवान लगायतका नाम चर्चामा छन् । एकीकृत समाजवादीले किराँत प्रदेशको प्रस्ताव गरेको छ । माओेवादी केन्द्र पनि एकल पहिचानको पक्षमा छ । नेपाली कांग्रेसले सप्तकोशी र नेकपा एमाले कोशी नाम प्रस्ताव गरेको छ ।
प्रदेशको नामकरणका लागि दुई तिहाइ बहुमत अर्थात ६२ जना सांसदको समर्थन चाहिन्छ । प्रदेश-१ मा नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका ३ र राप्रपा तथा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १र१ गरी ९३ जना सांसद छन् ।