हेटौंडा \ आसन्न प्रतनिधि सभा र प्रदेश सभा निर्वाचनामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउँने उद्देश्यले मकवानपुरमा नेपाली कांग्रेस निकट युवाहरुलाई परिचालन गरिने भएको छ । बुधबार नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यलयमा भएको तरुणहरुको भेलाले युवा परिचालनका लागी निर्वाचन क्षेत्र अनुसार युवा संयोजक तोकेको छ ।
नेपाल तरुण दल मकवानपुरका सचिव एवं युवा परिचालन समितिका जिल्ला संयोजक सचित थापाको अध्यक्षतामा भएको भेलाले मकवानपुरका दुईवटा संघीय र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रका लागी संयोजक र सह–संयोजक तोकेको हो । भेलाले मकवापनुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा राजकुमार बास्तोलालाई संयोजक र अजय सापकोटालाई सह–संयोजक तोकेको छ ।
यस्तै प्रदेश सभा क्षेत्र नम्बर १ को (क)मा राम डिमडुङ्ग र १ को (ख)मा संजय श्रेष्ठलाई संयोजक तोकेको छ । यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा सूर्य रोक्का संयोजक र पेमा लामा सह–संयोजक रहेका छन् भने प्रदेश सभा क्षेत्र नम्बर २ को (क) मा सुमन श्रेष्ठ र २ को (ख)मा ठाकुर तितुङलाई संयोजकको जिम्मेवारी दिइएको छ । भेलामा नेपाली कांग्रेस मकवानपुरका जिल्ला सचिव भिमसेन महतले गठबन्धनका उम्मेदवाहरुलाई जिताउँने गहन जिम्मेवारी रहेकाले प्राप्त जिम्मेवारी अनुसार काम गर्न आग्रह गरे ।
सचिव महतले गठबन्धनका उम्मेदवारको जितमा युवाको भूमिका महत्वपूर्ण हुने बताए । भेलामा पार्टी प्रवक्ता अर्जुन चौलागाईँ, जिल्ला सदस्य एवं तरुण विभाग प्रमुख अर्जुन तिवारी, नेविसंघ मकवानपुरका अध्यक्ष राजु खतिवडा, महासमिति सदस्य टेकनाथ शिवाकोटी लगाएतले मन्तव्य व्यक्त गरेका थिए । भेलामा जिल्ला सदस्य भुवनलाल श्रेष्ठ तरुण प्रतिनिधि कुमार पोखरेल, मोहमद सकिल राजा, बुद्ध बराम, दिपक थापा, धनबहादुर थिङ, बिक्रम दंगाल, द्रोणाचार्य दहाल, सचित थापा, नवराज गोपाली लगाएतको उपस्थिति रहेको थियो ।