भीमफेदी \ नेकपा (माओवादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार कुमारी मोक्तानले जनताले विकास निर्माणको लागि भन्दै यताउता धाउन नपर्नेगरी विकासको मोडल तय गर्ने बताएकी छिन् ।
बुधबार मकवानपुरको भीमफेदी गाऊँपालिका वडा नम्बर ३ मा मतदातासंगको भेटघाटका क्रममा मोक्तानले जनताले अपेक्षा गरेको विकासलाई पुरा गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
बागमती प्रदेश सरकारको मन्त्री समेत रहेकी मोक्तानले यस क्षेत्रमा खानेपानी र पुल निर्माण सम्पन्न हुने बताउदै जनताले खाना, नाना, छाना, स्वास्थ्य, शिक्षा र रोजगारसंगै विकास निर्माणको लागि समेत आफु लागिपर्ने जनाइन् ।
हिजोको संघर्ष व्यवस्था बदल्न र प्राप्त उपलब्धीलाई संस्थागत गर्नको लागि थियो अब भने अवस्था सुधारेर समृद्ध समाज निर्माण गर्नुपर्ने छ । तसर्थ गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउन मतदान गर्न सबैलाई आग्रह गरेकी थिइन् ।
भेटघाटकै क्रममा भीमफेदी ३ का मतदाताहरुले आफ्नो खानेपानीको समस्या रहेको बताएका छन् । हालसम्म खानेपानी बिस्तारको लागि उम्मेदवार मोक्तानले सांसद विकासकोषबाट उपलब्ध गराउनुभएको १० लाखले डिपिआर तयार भएको बताउदै स्थानियले अब खानेपानी आयोजना सम्पन्न गरिदिनको लागि मोक्तानलाई आग्रह गरेका थिए ।
पान्द्राङका मतदाताले मोक्तानले पुल निर्माणको लागि उपलब्ध गराएको ६४ लाखको लागि धन्यवाद व्यक्त गर्दै बाँकी निर्माण सम्पन्न गर्नका लागि आग्रह गरेका थिए ।