बकैया \ बकैया गाँउपालिकाका अध्यक्ष धर्मराज लामिछानेले साईकल चढेर स्वस्थ्य बन्न आग्रह गरेका छन् । हिमालयन राइडर्स सोसाइटी मकवानपुरको अगुवाईमा शनिबार हेटौडा देखी हात्तिसुढें सम्म पुगेको साईकल यात्रीहरुलाई स्वागत तथा संवोदन गर्दै अध्यक्ष लामिछानेले अब साईकल चढ्ने बानी बसाल्न सके शरिर स्वस्थ रहने बताएका हुन् । उनले हेटौडा देखी हात्तिसुडे सम्म साईकल यात्रीहरु आएर अब आफुहरुलाई पनि साईकल चढ्न सकिने सन्देश प्रवाह गरेकोमा धन्यवाद दिए ।
अब त बाटो पनि राम्रो बनिसकेको र आवात जावतमा पनि कुनै समस्या नरहेको भन्दै अध्यक्ष लामिछानेले साइकल चढ्न सके पैसाको बचत संगै शरिरले पनि स्वस्थ रहन अवसर पाउनेमा जोड दिएका छन् । क्लबले स्वास्थ्य,पर्यावरण, पर्यटन, खेलकुद, मनोरन्जन र दैनिक कामको लागि साईकल चलाउ भन्ने सन्देश प्रवाह गर्न हेटौडा देखी हातिसुंडे सम्म करीब ७० किमीको साईकल यात्रा आयोजना गरेको थियो ।
हेटौडा बजार देखी क्लबका २० जना सदस्यहरु चौघडा, हर्नामाडी, फुर्केचौर,जुरेली हुदैँँ हात्तिसुडेमा रहेको बकैया गाँउपालिका पुगी पुनः हेटौडा फर्केको थियो । बकैया गाँउपालिकामा पालिका अध्यक्ष लामिछाने सहित उपाध्यक्ष भक्त बहादुर खत्री, प्रशासकिय अधिकृत महेश श्रेष्ठ, वडा अध्यक्षहरु राजन दगांल, लक्ष्मी जिम्बा लगाएतको सहभागीता रहेको थियो ।
यस्तै कार्यक्रमा क्लबका अध्यक्ष रामकुमार श्रेष्ठले साईकल यात्रीहरुलाई बकैयाँ गाउपालिकाले गरेको स्वागतलाई मनैदेखी धन्यवाद दिदै अझ साईकल प्रेम बन्न यसले सहयोग भएको बताएका थिए । कार्यक्रममा क्लबका उपाध्यक्ष राजु थापामगरले साईकल चढ्दा शारीरिक र मानसिक स्वास्थ्यलाई फाइदा पुर्याउँने बताउदै व्यायामले हाम्रो मुड सुधार्ने एन्डोर्फिन र सेरोटोनिन जस्ता रसायनहरू बाहिर निस्कने हुदा यसले स्वस्थ्य रहन भुमिका खेल्ने बताए ।
समाजमा भएका बिबिध साँस्कृतिक कार्यक्रमहरुमा साइकल संगै जोडिएर यात्रा गर्दै आफु जस्तै अरुलाई पनि खुसी बाढ्न सके जीवन जिउनुको मज्जा छुटै मिल्ने मिल्ने उपाध्यक्ष थापाले बताए ।