प्रदर्शनरत फिल्म ‘महापुरूष’ नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘पर्खाल’ बोलको गीतको भिडियोमा फिल्मका दुई मुख्य कलाकारहरू हरिवंश आचार्य र गौरी मल्लमै केन्द्रीत छ । उनीहरू बीचको सामिप्यतालाई गीतमा देखाइएको छ । गीतममा राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराईली, कोपिला थापा, मदनकृष्ण श्रेष्ठ पनि फिचर्ड छन् । गीतमा अरुण र अञ्जनाको बढ्दो प्रेम समेत देख्न सकिन्छ । गीतमा शान्तिम कोइरालाको स्वर, कल्याण सिंहको संगीत र नवराज पराजुलीको शब्द रहेको छ । गीतले एक्लोपनमा रहेका हरिवंशको अव्यक्त इच्छा र चाहनालाई समेटेको लेखकसँगै निर्देशक रहेका प्रदीप भट्टराई बताए । ‘हरिदाईको फेरिदो समय र व्यक्त नगरिएका चाहनालाई उहाँको अनुहारमा देख्न सकिन्छ । गीतलाई थियटरमा नाटक मञ्चन भइरहेको सन्दर्भमा जोडिएको छ’, निर्देशक भट्टराईले भने । फिल्ममा यहिँ गीतबाट ट्वीस्ट सुरु हुन्छ । गायक कोइरालाले गीतले फिल्मको कथासारलाई व्यक्त गर्ने बताए ।
फिल्म नेपालसहित अमेरिका र अष्ट्रेलियामा प्रदर्शन भइरहेको छ । फिल्म हेर्ने दर्शकले ‘मास्टरपिस’ भनेकाछन् । यसैले गर्दा फिल्मको व्यापार पहिलोसाता भन्दा दोस्रो साता बढ्दो छ । साथै दिउसो देखि साँझसम्मका प्राय सो लगभग हाउसफूल भइरहेका छन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा रहेका छन् ।
फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकासप्राप्त शिक्षक मार्फत पिता र एलकपुरुषसँगै एक्लोपनकथा फिल्ममा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।
षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन , मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य ÷ शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा अमित श्रेष्ठ , रंग संयोजनमा कपिल पराजुली, मिडिया कसल्टेन दिनेश सिटौला फिल्म्स, पब्लिसिटी डिजाइन ट्राइडेन्ट, सहायक निर्देशक शान्तिम कोइराला र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।
क्यलनक ीष्लप स्( जततउकस्ररथयगतग।दभरवहब्इ(छपज्गीकरुत.टण्