बागमती \ मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ को (क) का मतदाताहरु बागमती गाउँपालिकाको स्थानीयवासी उम्मेदवारलाई मतदाताहरुले जिताउन चाहेका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनले उक्त निर्वाचन क्षेत्रमा संयुक्त साझा उम्मेदवारका रुपमा बागमती गाउँपालिका ६ का प्रेम बहादुर पुलामी (छिन्तु) लाई अघि सारेसंगै यहाँका मतदाताहरुले पुलामीलाई नै जिताउन चाहेका हुन् ।
बागमती गाउँपालिका वडा नम्बर ५ कोइराला दमार निवासी ४८ वर्षीय रेम बहादुर वाइवा भन्नुहुन्छ –‘आफ्नो गाउँठाउँको विकास गर्ने भनेको यही जन्मेका मान्छेले नै हो । यस ठाउँबारे उनलाई भन्दाबढी अरु कस्लाई थाहा हुन्छ ? त्यसैले छिन्तुलाई जसरी पनि जिताउनैपर्छ ।’
छिन्तु मकवानपुरवासी भएकै कारण यहाँका जनतासंग उहाँको नजिकको सम्बन्ध छ । माओवादी जनयुद्धअघिदेखि अहिलेसम्म उहाँ जनताको घरमा नपुगेको छैन । चोक चौतारो, चिया पसल देखि किसानको खेतबारीसम्म पुगेर छिन्तलेु जनताको पिरमर्का बुझेका छन् । बागमती गाउँपालिकाकै वडा नम्बर ३ निवासी रश्मी पाख्रिनको विचार पनि यस्तै छ । ‘उहाँ चुनाबमा मात्रै होइन, अरुबेला पनि जनताको घरदैलोमा जनताका समस्या सुन्न आइरहनुहुन्छ । जसले हाम्रो समस्या, यहाँको विकास बुझेको छ , उहाँ छिन्तु नै हुनुहुन्छ, पाख्रिनले भन्नुभयो – ‘हाम्रो परिवारको भोट उहाँलाई नै जान्छ । ’
यता हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ निवासी पूर्व शिक्षक अरुण खतिवडा प्रदेशसभामा युवाको नेतृत्व आवश्यक रहेको बताउनुहुन्छ । त्यसका लागि छिन्तु नै उपयुक्त उम्मेदवार रहेको उहाँको दाबी छ । खतिवडा भन्नुहुन्छ –अघिल्लो प्रदेशसभा सदस्य भएर यस क्षेत्रको विकासमा उहाँले थुप्रै कार्यहरु गर्नुभयो, अब पनि उहाँबाट त्योभन्दाबढी विकासको अपेक्षा राख्छौ र यो अपेक्षा छिन्तुको जितले मात्रै पुरा गर्छ । ’
यस्तो छ ‘छिन्तु’ को राजनितिक यात्रा
वि.सं. २०२९ साल मंसिर २४ गते मकवानपुरको साबिक फापरबारी गाविस वडा नम्बर ३ (हाल बागमती गाउँपालिका वडा नम्बर ६ ) ठाडिखोला समिदमारमा प्रेम बहादुर पुलामी (छिन्तु) को जन्म भएको हो । माध्यमिक तहसम्म अध्ययन गर्नुभएको उहाँको राजनीतिक यात्राको सुरुवात २०४८ सालबाट सुरु भयो । त्यसबेला उहाँ वाइसिएल फापरबारी गाविस सदस्य हुनुभयो ।
२०४९ सालदेखि २०५२ सम्म जनमुक्ति साँस्कृतिक संघमा आवद्ध रहनुभयो । त्यसपछि नेकपा माओवादीले २०५२ साल फागुन १ गतेबाट जनयुद्धको घोषणा गरेपछि उहाँले छापामार दलमा भर्ती हुनुभयो । २०५५ सालमा उहाँलाई प्रहरीले पक्राउ ग¥यो । ३ महिनासम्म उहाँ थुनामा रहेर पछि रिहा हुनुभयो । जनआन्दोलनले उत्कर्ष रुप लिइरहेको थियो । पार्टीको जिम्मेवारी बहन गर्दैगर्दा २०५६ मा मकवानपुर जिल्लाको छापामार दलको कमाण्डर बन्नुभयो ।
पार्टीको काम र जिम्मेवारीले उहाँ २०५८ सालमा मकवानपुरको पूर्वि ईलाका जनसरकार प्रमुख , २०५९ मा जनमुक्ति सेनाको कमिसार, २०६० मा रसुवा -नुवाकोट-सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी रहनुभयो । त्यसपछि २०६१ मा जनमुक्ति सेनाको बटालिय कमिसार बन्दै २०६१ कात्तिकबाट पार्टीको जिम्मेवारीले उहाँलाई नेवा–ताम्सालिङ दक्षिण ब्युरो सचिव बनेर २०६२/०६३ मा जनआन्दोलनको नेतृत्व गर्नुभयो ।
जनआन्दोलनले पूर्णता पाएसंगै घोषणा भएको लोकतान्त्रिक गणतन्त्रको स्थापना हेतु २०६४ सालमा तत्कालिन मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभयो । २०६८ सालदेखि पार्टी केन्द्रिय सदस्य, मकवानपुर जिल्ला अध्यक्ष र २०७४ मा निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभयो । संविधानसभा सदस्य रहनुहुँदा छिन्तुले संविधान निमार्णमा महत्वपूर्ण भूमिका खेलेको देख्न सक्छौ । यतिमात्र नभई उहाँ जनताको सुख–दुखमा साथ दिने नेताको रुपमा परिचित हुनुहुन्छ । जनताको स्वास्थ्य, मृत्यु संस्कार अथवा चाडपर्व यी सबैमा छिन्तु जनतासंगै रहन मनपराउँछन् । यही आनीबानीले नै उहाँ जनसमुदायमा प्रिय नेताका रुपमा परिचित हुनुहुन्छ ।
छिन्तुले प्रदेशसभा सदस्य रहदाँ प्रदेशको बजेटले आफ्नो क्षेत्रमा धेरै प्रगती गरेका छन् । बाटोदेखि पुल निमार्ण, कृषि, पर्यटन, विभिन्न स्थानमा रहेका खहरेहरु नियन्त्रण तथा बस्ती बचाउ कार्यक्रम , यसैगरी स्वास्थ्य, शिक्षा जस्ता आधारभूत विषयहरुमा उहाँले प्रदेशको बजेट ल्याउन सक्नुभएको छ । तर, यस क्षेत्रमा विकासको गतिलाई तिव्र बनाउन र आफ्नो अधुरा कार्य पूर्ण गर्न फेरी सोही क्षेत्रबाट उहाँ उम्मेदवार बन्नुभएको हो । जनमनमा रहनुभएका छिन्तुको जित सुनिश्चित जस्तै भइसकेको छ । जनताहरु उहाँको विजयी यात्राको पखाईमा छन् ।