हेटौंडा \ मकवानपुरको क्षेत्र नम्बर १ प्रदेशसभा (क) का मा नेकपा एमालेका कमल विष्ट र लोकतान्त्रिक बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी (छिन्तु) बीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । तर विष्ट गुमनाम हुँदा छिन्तुलाई फाइदा भएको छ ।
निर्वाचन प्रचारप्रसार कार्यक्रमहरुमा एमाले उम्मेदवार विष्टको नाम गुमनाम जस्तै बनेको हो । उनको कुनै सञ्चारमाध्यमदेखि गाउँ टोलमा पनि चर्चा हुन सकेको छैन । मकवानपुर जिल्लाको तत्कालीन हटिया गाविस (हाल हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७) अध्यक्षमा २ पटक विजयी हासिल गरेका विष्ट पछिल्लो समय आफ्नै गाउँमा पनि जमिनदार र ‘काजीसाप’को शैलीमा व्यवहार गर्ने गरेको भन्दै स्थानीय मतदाता रुष्ट बनेको पाइएको छ ।
चुनावी प्रचारको क्रममा आयोजित सभा, घरदैलो, भेटघाट कार्यक्रममा विष्टले बोलेका बिचारहरु सञ्चारमाध्यममा खासै आउन सकेको पाइदैन । विष्टलाई भन्दा एमालले सूर्य चुनाव चिन्ह बोकेर आएका प्रतिनिधिसभा १ का प्रत्यक्ष उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापालाई कार्यकर्ताले बढि प्राथमिकता दिएर बोकेको देखिन्छ । कमजोर उम्मेदवार भन्दै केही दिन यता विष्टलाई छाडेर यस क्षेत्रका एमालेका नेताहरुले नै थापालाई मात्र बोकेर हिँडेको हिँडिरहेको भन्दै एमालेभित्र असन्तुष्टि बढेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभामा कमल नाम गरेका दुई उम्मेदवारमध्ये एमालेले थापालाई मात्र प्राथमिकता दिँदा प्रदेशसभाका उम्मेदवार कमल विष्ट चुनाव प्रचारका समयमा पनि गुमनाम जस्तै भएका हुन् । विष्टको क्षेत्र रहेको बकैया, बागमती गाउँपालिकाका प्रायः मतदाताले उनी को हुन् ? र कहाँका हुन् ? भन्नेसम्म थाहा नपाई अनविज्ञ रहेको पाइएको छ ।
एमाले उम्मेदवार बिष्टसंग लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार छिन्तु प्रतिस्पर्धामा छन् । छिन्तु मकवानपुर जिल्लाका चर्चित एवं प्रभावशाली नेताको रुपमा चिनिन्छन् । उनी २०६४ मा तत्कालीन मकवानपुर क्षेत्र नम्बर २ बाट संविधासनसभा सदस्य र २०७४ मा बागमती प्रदेशसभा सदस्यमा क्षेत्र नम्बर १ बाट विजयी बनेका थिए । अनवरत जीतको यात्रामा अघि बढेका छिन्तुले यो पटक पनि सहजै निर्वाचत जित्ने यस क्षेत्रका मतदाताहरुको आँकलन छ ।
नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान लगायतका सरकाकारी सुरक्षा निकायको आन्तरिक ब्रिफिङमा पनि छिन्तु ठूलो मत अन्तरले विजयी हुने आँकलन सहितको रिपोर्ट प्रस्तुत भएको स्रोतको दाबी छ । स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम अनुसार पनि यस क्षेत्रमा नेकपा एमालेको गठबन्धन भन्दा लोकतान्त्रिक बाम गठबन्धन करिब १६ हजार मतले अगाढी रहेको छ । उनले अझै यो अन्तर बढाउँदै लगेको सुरक्षा निकायको रिपोर्टमा दाबी गरिएको स्रोतको भनाई छ ।
बागमती गाउँपालिका वडा नम्बर ६ ठाडिखोला समिदामारमा उनी जन्मिएका हुन् । बालकदेखि वृद्धसम्मका मानिसहरुसँग घुलमिल गर्ने क्षमता भएका छिन्तु अधिकांश मतदाताका प्रीय नेताका रुपमा लिइन्छ । चिया, चौतारो मात्र नभई जनताका पीर, मर्कालाई धैर्यपूर्वक सुन्न सक्ने बहुगुणी नेतृत्वको रुपमा मतदाताले उनलाई बुझ्दछन् ।
अहिले छिन्तु मतदाताको घरघर, टोलटोल पुगिरहेका छन् । उनको लोकप्रियता बढ्दै पनि गइरहेको छ । यहि लोकप्रियताले नै यहाँका सञ्चारमाध्यमहरुले उनका विचारलाई राम्रैसँग स्थान दिइरहेका छन् । टोल, चोक, चौतारोमा मतदाताहरुबीचको छलफल, बहसमा समेत छिन्तुकै जित सुनिश्चित रहेको चर्चा हुने गरेको छ ।
किशोर अवस्थाबाटै राजनीतिमा लागेका छिन्तु हाल नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष हुन् । उनी यसअघि प्रदेशसभा सदस्य हुदा आफ्नो क्षेत्रमा कृषि, पर्यटन, पुल निमार्ण, बाँध निमार्ण , शिक्षा , स्वास्थ्य लगायतका विविध क्षेत्रका विकासमा पहल गरेका छन् । साथै बाँकी रहेका पूर्वाधार लगायत क्षेत्रका विकास गर्नलाई नै दोस्रोपटक उम्मेदवारी बनेको उनले बताएका छन् । एकपटक फेरि जनताले जिताएर पठाए आफ्नो क्षेत्रलाई समृद्ध बनाउने उनको प्रतिवद्धता रहेको छ ।