सिधाखबर \ आइतबार हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन गत बैशाखमा भएको स्थानीय तह निर्वाचनको जस्तो चुनावी रौनक नभएको देखिन्छ ।
स्थानीय तहको जस्तो रौनक, ¥याली, प्रचारप्रसार, घरदैलो भोली हुने निर्वाचनमा नभएकाले पनि होला जनतामा खासै उत्साह देखिदैन । देशमा भएको राजनितिक अस्थिरता, मुल्यवृद्धि, संविधान विपरितका विभिन्न कार्यहरु भएकाले पनि जनतामा उत्साह नभएको बागमती गाउँपालिका वडा नम्बर ४ का मैया पहरीले बताइन् ।
उनी मात्रै होइनन् मकवानपुरका अधिकांशका जनताहरुमा निर्वाचनमा निराशापन भएको प्रष्ट देखिन्छ । खेती किसान गर्नेलाई समय मल नपाउनु, खाद्यान्नमा भएको मुल्य वृद्धिले आकाश छुनु, उत्पादित वस्तुले मुल्य नपाउनु, देशमा राजनितिक अस्थिरता रहनुले पनि हामी जस्तो नागरिकलाई अहिलेको निर्वाचनमा खासै उत्साह नभएको मनहरी गाउँपालिका वडा नम्बर ५ का मेनुका ढुङ्गानाले बताइन् ।
अहिले मौन अवधिको समय छ । भोली निर्वाचनको दिन छ । चुनावी प्रचारप्रसारको समयमा पनि अधिकांश मतदाताहरु कृषिकर्ममा व्यस्त रहेकाले उनीहरुलाई चुनावी माहोलले छोएन । झन दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्नेहरु त चुनावको मतलवनै छैन् ।
हेटौंडा ४ मा घर निर्माणको काम गरिरहेका सुरेश लामा भन्छन्ः खोई नाम सुनेको छु अहिले सम्म उम्मेदवार नदेखेको बताउछन् । शनिबार घर गएर निर्वाचनमा सहभागिता भएता पनि उनीमा चुनावमा त्यति उत्साहित छैनन् । उनी भन्छन्ः आफ्नो काम गरेर खानुपर्छ, बालबच्चा पाल्नुपर्छ महंगी यस्तो बढेको छ, काम नगरि खान पुग्दैन ।
पाँच वर्ष अघि यहि चुनावीमा जस्तो उत्साह थियो सोही अनुरुप पाँच वर्षपछि भने नागरिकहरुमा चुनाव, मतदान, उम्मेदवारहरुको मतलव राखेका छैनन् । केही त मतदान नगर्ने पक्षमा रहेका छन् । मतदान गरेर के हुन्छ आखिर पाँच वर्षमा के गरे त नेताहरुले मकवानपुरगढी ५का किरण लामाले बताए । यसपाली मतदान नगर्ने सोचमा लामा जस्तै मकवानपुरका अन्य पनि रहेका छन् ।